उसले कुनैदिन लेखी- कता हराउनु भो ?
मैले मेरो केही समयदेखिको बाँच्दो जीवन बिरामीपथबाट धकेलिरहेछु।बिरामीपथ
कस्तो अफ्ठेरो पथ हो भन्ने कुरा म उवाच नगरिराखूँ।यसै बिरामीपथको अफ्ठेरो
बाटोमा - आफ्नो ख्याल राख्नु है-भन्दै एउटा स्वास्थ्यचौकी भेटिन्छ।म अझै
भुतुक्क गल्छु।गर्मीले पग्लेर थोपाथोपामा बगिरहेको शरीरको चेकजाँच
गरिमाग्छु डाक्टरसँग।47 के जीनिर अड्किन्छ काँटा।अनि म आफूले आफैलाई -केही त
अझै बाँकी रहेछु-सोच्दै कोठामा फर्किन्छु।
स्वास्थ्यचौकी त हैन ऊ तर मैले बिरामीपथमा उसलाई भेटेर राहत महसुस गर्छु।उसले जाँदाजाँदै म्यासेज छोड्छे- आफ्नो ख्याल राख्नु है।
- केमा राखूँ ख्याल ? मसँग कुनै भाँडो छैन के।
- हेर न बच्चा भैदिएको।ऊ सुन्दर अनुहार भरपुर खुम्च्याउछे।म फेरि भन्छु- साच्चै भन्नु न ख्याल केमा राखूँ ?आजसम्म राखेछैन के ।मलाई था छैन के।
-हजुर त ...ऊ यत्ति मात्रै लेख्छे।

ऊ कहाँबाट आइपुगी थाहा छैन मलाई।हाई ,हजुर राम्रो लेख्नुन्छ -उसले
पहिलोपटक यत्ति लेखेकी थिई।मैले लामो समय फेशबुक खोलेको थिएन।ऊ आएर
कहिलेबाट फेशबुकद्वारमा बसिरही थाहा छैन।मैले मनमन भनेथेँ- मैले कस्तो
लेख्छु भन्ने मलाई थाहा छैन र ?राम्रो लेख्नुन्छ रे ! र लेखिपठाएथेँ - हि
हि ,धन्यवाद !
हामी यसैयसै हिँडिरह्यौँ-म बिरामीपथमा ऊ स्वास्थ्यचौकी पथमा।हामी फरकफरक पथ समातेर एउटा गन्तव्यमा ।औषधिसम्म।
उसले कुनैदिन लेखी- कता हराउनु भो ?
मैले केही दिनमा रिप्लाई गरेँ-यतै थेँ।अनि क्रमशः मैले हराउने कार्यक्रम कम गरेँ।थाहा छैन उसले कत्तिको भेट्टाउँछे।सायद कम भेट्टाउँछे मलाई ।म पनि त कम हराउँछु अचेल।
समय काटिमाग्ने क्रममा हामी वाणी अादानप्रदानलाई तीब्र पार्दछौं।म 'तपाईं' सम्बोधन गरिमाग्थें।ऊ पनि दिइमाग्थी।म तिमीमा झरिसकेछु।बेलाबेला तपाईं भन्छु।अाज 'तँ' पनि भनें।ऊ सजिलोसँग पचाइदिई 'तँ'लाई।त्यसपछि मभित्रको म यसैयसै 'तँ' भन्ने मार्ग खोजिरह्यो।
ऊ कता कता ट्य्राकिङ गएकी रे।फोटोहरू मेरो म्यासेजबक्सामा क्रमशः धकेली उसले।म हेरिरहें।बिस्तारै राम्रा फोटा धकेल्दै गई।कस्तो सुन्दर सुन्दर फोटा धकेली पछि त।म भुतुक्क भैगएँ।
ए अँ ऊ सुन्दरीजल पुगिछ घुम्दाघुम्दै।फोटो पठाई।मैले भनें- सुन्दरी मान्छे जाने ठाउँ होला त्यो।हामीजस्ता कहाँ जाने होला?उसले सजिलोसँग भनिदिई- म अब मेरो घर हुँदै जाने बाटोको नाम 'कुरुपमार्ग' राख्छु।
अाउनुन्छ होला नि है हजुर?
अनि मीठो हाँसो अोठबाट छोडिदिई।
****
अहिले म झोला मिलाउँदै छु।मलाई जानू छ भोलि बिहानै।तर म 'कुरुपमार्ग' हैन ,अाफ्नो घर जाँदैछु।

Comments
Post a Comment