Posts

Showing posts with the label Other

दिदी ! धेरै माया छ तँलाई । फोन उठा है ...

Image
अाकाशबाट कस्तो धमिलो पानी पर्यो।मलाई विश्वास लागेन।एक अञ्जुली पानी हातमा थापें।साच्चिकै धमिलो रहेछ।क्रमशः अौंलाका फेंदबाट पानी चुहिएर सकियो।हातमा धुलोका ससाना कण मात्रै बाँकी रहे। केही समय पहिले- अाँखाबाट भनें सफा पानी पर्यो।मलाई विश्वास पनि लाग्यो।मैले अञ्जुलीमा थापेर त्यही अाँसुमा अाफ्नो अनुहार हेर्ने कुनै प्रयास गरिनँ।अाँसु बग्दै गयो।साथमा विश्वासहरूलाई बगाएर लग्यो।अपेक्षाहरूलाई बगाएर लग्यो।अन्त्यमा हत्केलामा धुलोको कण बाँकी रहेजस्तै हृदयमा पीडा बाँकी रह्यो,सम्बन्धमा मनमुट ाव बाँकी रह्यो।र यी अाज पनि छन् बाँकी। अाज पनि चलिरहन्छ मनमुटाव। मैले साथीलाई भनेथें- "कस्तो धमिलो पानी परिरहेछ यता त।" उसले भन्यो - "धमिलो मन भएका मान्छे बस्ने ठाउँ भएर होला।" मैले उसको अनुहार हेर्न पाइन,उसको अनुहार पढ्न पाइन।नत्र म उसले बोलेको वाक्यको अर्थ बुझ्थें।किन कि ऊ र म फोनमा बोलिरहेका थियौं।केवल एकपटक सोचें मैले- के मेरो मन साच्चिकै धमिलो छ त? मलाई दुई पटक सोच्न अल्छी लाग्यो।अल्छी हुनुको फाइदा हो यो।म जाँगरिलो हुन्थें भनें त्यही कुरालाई बारबार सोचेर म अाफूलाई बिरा...

हाय ! रे मेरा आँखा

Image
मेरा औँलाका काप भरिभरि,पाइतलाका रेखा भरिभरि फुर्सतहरू उम्रिरहेछन्।म पूर्ण बेरोजगार छु। एकहातका पाँच औँला चारपटक भाँचिसकेपछि मेरो उमेरको गिन्ती सकिन्छ तर आफूलाई बुढो भएजस्तो लाग्छ।धनीको छोरो भए आमैले नाती खेलाइसक्थिन् ।फेरि गरिबलाई पनि त बे नगर् कसले भनेको छ र ।स्वास्नी ल्याउनु त आँटको कुरा हो।कमसेकम यो उमेरमा एउटी प्रेमिकासम्म चैँ हुनु पर्ने।धत् एउटी मायालु चैँ हुनुपर्छ ,रुन हाँस्नलाई ,भावुक हुनलाई।काँध अड्काउनलाई,हात समाउनलाई,कपालका रौँ सुम्सुम्यादिनलाई अनि पो औँलाका कापकापम ा उम्रिएका फुर्सदले पुग्दैन। हुन त तनाबको अर्को खात रिन खोजेर किन किनौँ जस्तो लाग्छ।लाग्छ रुनका लागि चैँ एउटी प्रेमिका बनाऊँ।तर त्यो मबाट भैसक्यो।रात बित्छ ,दिन बित्छ ।चिम बल्छन् निभ्छन्।समय चिमको बलाइ र निभाइको क्रममा बुढो हुन्छ। ए बाबु! यो तीखो आवाजसँगै मेरो सोचाइको क्रम टुक्रिन्छ।कस्तो तेलदार आवाज।बाटोको छेउनिर बसिरहेको मान्छे म उठ्छु।हातमा ससाना ढुङ्गा छन्।खै किन टिपेँ,कति बेला टिपेँ थाहा छैन।अघिको आवाज एउटा बुढा ब्यक्तिको रहेछ।सोध्छन्-यो बाटो कहाँ जान्छ ?यो कस्तो प्रश्न।म अल्मलिन्छु।अनि सो...

चुटु चिन्तन [निबन्ध]

Image
…त्यसपछि बूढी औंलाले फेसबुकको पन्ना पल्टाइमाग्छु म । केही तस्बिरहरू छोटो समय देखिँदै लोप हुँदै जान्छन् । एड फ्रेन्ड भन्दै एउटा प्रोफाइल देखिन्छ । म हेर्छु । कतै देखेको मान्छेजस्तो लाग्छ, हेरिरहन्छु । सायद हेरिरहन्छु र देखेको मान्छेजस्तो लाग्छ । क्रमशः धमिलोबाट तिख्खर हुँदै जान्छन् आँखामा केही घटनाहरू र दगुर्छन् । अनायासै म बोलेछु– ‘ऐच् ! बे गरिसकिछ लौ !’ यसो यताउता फर्केर हेर्छु कोठामा कोही छ कि भनेर । एक्लै रहेछु । ढुक्क हुन्छु आफ्नो आवाज कसैले नसुनेकोमा । फेरि आश्चर्यमा पर्छु आफ्नै आवाज सम्झेर, फोटोको निधारमाथि लामो रातो टीका देखेर । फेरि मलाई धेरै समय आश्चर्यमा परिरहन अल्छी लाग्छ । हो म कोठामा एक्लै रहेछु । मान्छे एक्लै भएपछि क्रमशः साहसिक हुँदै जाँदो रहेछ । म कतिसम्म एक्लो छु भने म चुक्कुल नलगाईकन ट्वाइलेट बस्न सक्छु । कोही आउँदैनन् भन्नेमा यतिसम्म विश्वास छ मलाई । साहसिकको दृष्टान्त अलिक खल्लो भो है ! भए होस्, मलाई के । निधारमाथिको रातो धर्को लामो ताजा घाउजस्तो लाग्छ मलाई । कुन्नि किन उसको नाममा स्पर्श गर्छु म । प्रोफाइल खुल्छ । कभर फोटोमा एक जोडा मान्छे छन् ।...

-खुसी अन गरौँ

Image
म अलिक व्यस्तताले युक्तजस्तो देखिन्छु हिजोआज।अार्थिक बर्ष समाप्त भैसकेको छ र नयाँ अार्थिक बर्ष सुरु भैसकेको छ।केही हिसाबकिताब मिलाउन छ।केही उपलब्धिहरूको चर्चापरिचर्चा गर्नुछ। यो बर्षमा कति रोइयो भन्ने जानकारी लिन खोज्छु म बाटोको छेउनिर खुट्टा तल झारेर अाफ्नै चप्पलमाथि बसेर।भर्खर रोपाइँ गरेका खेत चर्चरी फुटेर बसेका छन्।हरेक देशले लगाएको सिमानाजस्तो भाग लगाएर टुक्रा टुक्रामा परिणत छ सिङ्गो खेत।फेरि म बिर्सिरहेको छैन कि हिजो साँझ नै हो खेतमा पानी लगाएको।यसरी चर्किरहेको छ खेत।पानी लगाएर ठाउँमा अाउनेछ।मान्छे पनि एकपटक अाफूले अाँसुले सिचाइ गर्यो भनें केही समय चर्किरहन पर्दैन ।

एकयात्रा : अन्त्य एक अादर्शको

Image
म नारायणगढमा जन्मिएँ,एकयात्रा बाँचें र कोहलपुरमा मेरो इहलिला समाप्त भयो। ****** …त्यसपछि म भन्छु – भाग्यमानीको भुतै कमारो। दिनेशले अझ तीब्र अावाज गरेर भन्छ- भाग्यमानीको भूत मात्रै हैन, भुतका तरुनी छोरी पनि कमारो हुन्छन्। हाँसोले बिकराल रुप ग्रहण गर्छ। साथमा ब्रह्मचारी गुरु लगायतका अादरणीय व्यक्ति भएकाले मुखबाट अकस्मात चिप्लिएको वाक्यलाई दिनेशले मिल्ने भए फिर्ता गरिसकेको हुन्थ्यो।तर त्यस्तो नहुने रहेछ। ब्रह्मचारी गुरुजीले नेपालीले बाँच्ने गरेको अौषत मृत्युदर बाँचिसक्नु भयो क्यारे ।मैले अाजसम्म दुखाइलो अनुहार देखेको छैन उहाँको। मान्छे बिना अर्धाङ्गिनी,बिना सन्तान पनि त खुसी हुँदा रहेछन् त। हुन त मान्छे कहाँ एक्लो हुन्छ र ? पञ्चमहाभुतले बनेको शरीर एक्लेभुतजस्तो कहिल्यै बन्दैन।

अस्ति।

अबेर छतबाट कोठामा अाइसकेपछि जबर्जस्ती सुत्ने प्रयास गर्ने प्रक्रियाको पहिलो चरण पार गर्ने सिलसिलामा बिस्तारामा पल्टिएँ म।एकछिन घुमिरहेको पंखा हेराइको क्रममा अनुभव भयो कि - मलाई केही बिझाइरहेछ टाउकोमा।अनि सिरानी पल्टाएर सुतें।फेरि केही क्षणमा टाउको पछाडिपट्टिको भागमा केही अफ्ठेरो महसुस भो।सिरानी छामें।केही थिएन।फेरि सिरानीको भाग चेन्जिएर सुतें।एकछिनपछि उसै गरेर अफ्ठेरो महसुुस भो , केही बिझाएजस्तो भो।अब मेरो रिस निद्राबाट ब्युझिसकेको थियोे।म जुरुक्क उठें।सिरानी समातेर ढोका को कुनामा फ्याकें - जहाँ फोहोर फालिन्छ धेरैजसो। साथी ब्युझियो।म निदाएको बहाना गरें।म त्यत्तिकै सुतें र निदाएं पनि कुनै बेला। म मेरो रिसको खतरा फ्यान हुँ।खुब मन पर्छ मलाई मेरो रिस।भावी परिणामलाई छुट्टै राखेर हेर्ने हो भने संसारमा रिसाउनुमा जति मजा अरु कुनै कुरामा भेटिदैन।फेरि मेरो रिस द्वन्द्वात्मक भौतिकवादी हो।मेरो रिसमा तुरुन्तै द्वन्द्वात्मक भौतिकवाद हावी भैहाल...

Churotwali 4th Part

Image
  Click here to First Part Click here to Second Part Click here to Third Part क्षितिजमाथि पुगेको आकाशको जन्डिसग्रस्त एक्लो आँखाले पहाडका टाकुरामा हेर्नाले पहेँला भएका खोचहरू मेरा आँखाले छरपस्ट देखिरहेछन्।दिनभरको घामले सेकिएका रुखले भर्खर आङ कन्याउने प्रयास गरिरहेछन्।पातहरू हल्लिनाले थाहा भैरहेछ कि धर्तीले सास फेर्न थाल्यो।यो दिन यस्तो थियो धर्तीले दिनभर सास फेरेन ।म दिनभर आफ्नो पङ्खा नभएको कोठामा फनफनी घुमिरहें , पाकिरहेँ।साँझ पर्ने क्रम जारी छ ।यत्तिकैमा मेरो मोबाइल बज्छ।एकछिन खोज्छु भेटिदैन।खाटमुनि खसेको रहेछ ।फोनमा पुरा घन्टी बजेर समाप्त भैसकेपछि मात्र म मोबाइल निकाल्न सफल हुन्छ।हातमा मोबाइल समातेको केही क्षणमा फेरि ऊ आफू बज्न थाल्छ ।नयाँ नम्बर , ल्यान्डलाइनबाट आएको फोन , मलाई ल्यान्डलाइनबाट फोन गर्ने कोही छैन ।एकछिनमा फोन उठाउँछु म। - नदी किनार आउनुस् , म बुद्धको मूर्तिनिर नदीतर्फ फर्किएर बसेकी हुन्छु । म कानमै मोबाइल राखेर मनमनै भन्छु - चुुरोटवाली। ...

Third parf of Churotwali

Image
Click Here to Part First Click Here to Part Second. किताबजस्तो औडाहा चीज अरु मलाई केही लाग्दैन।किताब किन्नु त मेरो धर्मले सरासर पाप भनिठान्छ।पढ्नु चाँहि म पाप धर्मसँग जोड्दिनँ।पढिहाले पनि दिनको दुई चार पेज पढ्छु ।जसमा एक दुई लाइन यस्ता वाक्य भेटिन्छन् जसले दुई चार दिन होहल्ला गर्छन्।मलाई पुगिहाल्छ। ईन्द्रबहादुर राई - जिन्दावाद। शंकर लामिछाने - जिन्दावाद । अल्लिपैले किताब बिमोचन कार्यक्रममा किताब बाँड्थे।म पनि भड्किएको दुखी आत्माजस्तो कताकताबाट भड्किएर ती कार्यक्रममा पुगेको हुन्थेँ।किताब दिन्थे।म लिएर हिड्थेँ।कार्यक्रम सकिएपछि कतै चिया खान बस्यो।चिया खायो।त्यो किताब त्यहीँ टेवलमा छोडेर हिड्यो।तीन पटक म यस्तै गरेको छु।खासमा यी सम्झनाहरु पनि यसै गरी चियाको रित्तो कप छेउछाउ छाडेर हिड्न मिल्ने भए ? यो गर्मी जसले पातका आङमा झुसिलकिरा बसेजस्तो यो शरीर ओइलाएर , मैलाएर चिलाएर खत्तम पारिसक्यो।दैनिकी झ्याल खोलेर सुरु हुन्छ झ्याल बन्द गरेपछि सकिन्छ।झ्यालको छेउछाऊ जिन्दग...