म अलिक व्यस्तताले युक्तजस्तो देखिन्छु हिजोआज।अार्थिक बर्ष समाप्त भैसकेको छ र नयाँ अार्थिक बर्ष सुरु भैसकेको छ।केही हिसाबकिताब मिलाउन छ।केही उपलब्धिहरूको चर्चापरिचर्चा गर्नुछ। यो बर्षमा कति रोइयो भन्ने जानकारी लिन खोज्छु म बाटोको छेउनिर खुट्टा तल झारेर अाफ्नै चप्पलमाथि बसेर।भर्खर रोपाइँ गरेका खेत चर्चरी फुटेर बसेका छन्।हरेक देशले लगाएको सिमानाजस्तो भाग लगाएर टुक्रा टुक्रामा परिणत छ सिङ्गो खेत।फेरि म बिर्सिरहेको छैन कि हिजो साँझ नै हो खेतमा पानी लगाएको।यसरी चर्किरहेको छ खेत।पानी लगाएर ठाउँमा अाउनेछ।मान्छे पनि एकपटक अाफूले अाँसुले सिचाइ गर्यो भनें केही समय चर्किरहन पर्दैन ।
म नारायणगढमा जन्मिएँ,एकयात्रा बाँचें र कोहलपुरमा मेरो इहलिला समाप्त भयो। ****** …त्यसपछि म भन्छु – भाग्यमानीको भुतै कमारो। दिनेशले अझ तीब्र अावाज गरेर भन्छ- भाग्यमानीको भूत मात्रै हैन, भुतका तरुनी छोरी पनि कमारो हुन्छन्। हाँसोले बिकराल रुप ग्रहण गर्छ। साथमा ब्रह्मचारी गुरु लगायतका अादरणीय व्यक्ति भएकाले मुखबाट अकस्मात चिप्लिएको वाक्यलाई दिनेशले मिल्ने भए फिर्ता गरिसकेको हुन्थ्यो।तर त्यस्तो नहुने रहेछ। ब्रह्मचारी गुरुजीले नेपालीले बाँच्ने गरेको अौषत मृत्युदर बाँचिसक्नु भयो क्यारे ।मैले अाजसम्म दुखाइलो अनुहार देखेको छैन उहाँको। मान्छे बिना अर्धाङ्गिनी,बिना सन्तान पनि त खुसी हुँदा रहेछन् त। हुन त मान्छे कहाँ एक्लो हुन्छ र ? पञ्चमहाभुतले बनेको शरीर एक्लेभुतजस्तो कहिल्यै बन्दैन।
अाकाशबाट कस्तो धमिलो पानी पर्यो।मलाई विश्वास लागेन।एक अञ्जुली पानी हातमा थापें।साच्चिकै धमिलो रहेछ।क्रमशः अौंलाका फेंदबाट पानी चुहिएर सकियो।हातमा धुलोका ससाना कण मात्रै बाँकी रहे। केही समय पहिले- अाँखाबाट भनें सफा पानी पर्यो।मलाई विश्वास पनि लाग्यो।मैले अञ्जुलीमा थापेर त्यही अाँसुमा अाफ्नो अनुहार हेर्ने कुनै प्रयास गरिनँ।अाँसु बग्दै गयो।साथमा विश्वासहरूलाई बगाएर लग्यो।अपेक्षाहरूलाई बगाएर लग्यो।अन्त्यमा हत्केलामा धुलोको कण बाँकी रहेजस्तै हृदयमा पीडा बाँकी रह्यो,सम्बन्धमा मनमुट ाव बाँकी रह्यो।र यी अाज पनि छन् बाँकी। अाज पनि चलिरहन्छ मनमुटाव। मैले साथीलाई भनेथें- "कस्तो धमिलो पानी परिरहेछ यता त।" उसले भन्यो - "धमिलो मन भएका मान्छे बस्ने ठाउँ भएर होला।" मैले उसको अनुहार हेर्न पाइन,उसको अनुहार पढ्न पाइन।नत्र म उसले बोलेको वाक्यको अर्थ बुझ्थें।किन कि ऊ र म फोनमा बोलिरहेका थियौं।केवल एकपटक सोचें मैले- के मेरो मन साच्चिकै धमिलो छ त? मलाई दुई पटक सोच्न अल्छी लाग्यो।अल्छी हुनुको फाइदा हो यो।म जाँगरिलो हुन्थें भनें त्यही कुरालाई बारबार सोचेर म अाफूलाई बिरा...
Comments
Post a Comment