Posts

Showing posts from August, 2017

Churotwali 4th Part

Image
  Click here to First Part Click here to Second Part Click here to Third Part क्षितिजमाथि पुगेको आकाशको जन्डिसग्रस्त एक्लो आँखाले पहाडका टाकुरामा हेर्नाले पहेँला भएका खोचहरू मेरा आँखाले छरपस्ट देखिरहेछन्।दिनभरको घामले सेकिएका रुखले भर्खर आङ कन्याउने प्रयास गरिरहेछन्।पातहरू हल्लिनाले थाहा भैरहेछ कि धर्तीले सास फेर्न थाल्यो।यो दिन यस्तो थियो धर्तीले दिनभर सास फेरेन ।म दिनभर आफ्नो पङ्खा नभएको कोठामा फनफनी घुमिरहें , पाकिरहेँ।साँझ पर्ने क्रम जारी छ ।यत्तिकैमा मेरो मोबाइल बज्छ।एकछिन खोज्छु भेटिदैन।खाटमुनि खसेको रहेछ ।फोनमा पुरा घन्टी बजेर समाप्त भैसकेपछि मात्र म मोबाइल निकाल्न सफल हुन्छ।हातमा मोबाइल समातेको केही क्षणमा फेरि ऊ आफू बज्न थाल्छ ।नयाँ नम्बर , ल्यान्डलाइनबाट आएको फोन , मलाई ल्यान्डलाइनबाट फोन गर्ने कोही छैन ।एकछिनमा फोन उठाउँछु म। - नदी किनार आउनुस् , म बुद्धको मूर्तिनिर नदीतर्फ फर्किएर बसेकी हुन्छु । म कानमै मोबाइल राखेर मनमनै भन्छु - चुुरोटवाली। ...

Third parf of Churotwali

Image
Click Here to Part First Click Here to Part Second. किताबजस्तो औडाहा चीज अरु मलाई केही लाग्दैन।किताब किन्नु त मेरो धर्मले सरासर पाप भनिठान्छ।पढ्नु चाँहि म पाप धर्मसँग जोड्दिनँ।पढिहाले पनि दिनको दुई चार पेज पढ्छु ।जसमा एक दुई लाइन यस्ता वाक्य भेटिन्छन् जसले दुई चार दिन होहल्ला गर्छन्।मलाई पुगिहाल्छ। ईन्द्रबहादुर राई - जिन्दावाद। शंकर लामिछाने - जिन्दावाद । अल्लिपैले किताब बिमोचन कार्यक्रममा किताब बाँड्थे।म पनि भड्किएको दुखी आत्माजस्तो कताकताबाट भड्किएर ती कार्यक्रममा पुगेको हुन्थेँ।किताब दिन्थे।म लिएर हिड्थेँ।कार्यक्रम सकिएपछि कतै चिया खान बस्यो।चिया खायो।त्यो किताब त्यहीँ टेवलमा छोडेर हिड्यो।तीन पटक म यस्तै गरेको छु।खासमा यी सम्झनाहरु पनि यसै गरी चियाको रित्तो कप छेउछाउ छाडेर हिड्न मिल्ने भए ? यो गर्मी जसले पातका आङमा झुसिलकिरा बसेजस्तो यो शरीर ओइलाएर , मैलाएर चिलाएर खत्तम पारिसक्यो।दैनिकी झ्याल खोलेर सुरु हुन्छ झ्याल बन्द गरेपछि सकिन्छ।झ्यालको छेउछाऊ जिन्दग...

Manobhab - Aryal Krishna, must read it

Image
  अाकाशमा लटरम्म तारा फलेको रात कोठामा निसास्सिरहेछु म।खाटबाट उठेर झ्यालनिर पुग्छु , झ्यालको छाती च्यातेर सडकतिर हेर्छु।पल्लो घरको चिमको उज्यालो थोरै कोठामा छिर्छ ।फेरि खाटतिरै फर्किन्छु।जसको कुनै अर्थ छैन , बिना अर्थ , बिना प्रयोजन पनि धेरै कुरा गरिदो रहेछ।कोठाको चिम जलाउन अल्छि लागेको छ।खाना खाने कुनै सुरसार छैन , फेरि चामल सकिएको पनि त अस्ति हो।घर फोन गर्नु पर्ने हो , आमैलाई दुख लाग्दो हो फोन नगर्दा , फेरि मोबाइल पनि कता परेछ। कोठाको मुखमा ताल्चा लगाएर बार्दलीमा उभिन्छु।आकाश , नौलाख तारा। सायद तारामा पनि घटबढ भैसक्यो होला। दुई कक्षामा पढ्दा हो क्यारे नौ लाख भएको।ठिस सर ।कतै पढाएनन् ताराहरूको मृत्युदर , जन्मदर।भर्खरै एउटा तारा झर्छ उतातिर।यसले अौसत मृत्युदरको जिन्दगी बाँच्यो होला कि नाइँ ? धेरैपटक देखेको छु तारा झरेको र झरिरहन्छन्।कुनै प्रेमीले दुईचार थान तारा टिपेर बगलीमा पनि राखिदियो होला प्रेमिकाको।सबै मजस्ता ल्वाँठ प्रेमी पनि त कहाँ हुन्छन...