One Day - A normal Story



एउटा असभ्य सडकको छाती दिनभर पाइतलाले नापेर कोठामा फर्किन्छु।म सभ्य नागरिक होइन ,हुन नागरिक नै हैन।सभ्य नागरिक यस अर्थमा होइन कि कोठामा आउँदा कुकुर चुईचुई गरेर पुच्छर हल्लाउँदै मेरो नजिक आउँदैन।

कोठा भन्नु मेरो असभ्यताको परिचय हो।द्योतक हो।एउटा पुरानो चप्पल बिस्ताराको सिरानी नजिक छ।गीताको पुस्तक ढोकाको कुनामा छ।पूजा गर्ने ठाउँमाथि बर्षौँ अघि नुहाएर कच्छा सुकाएको छु।सुकेर खक्रक्क धुलोले रङ्गीन भएको कच्छा।दराजमा केही थान थोत्रा धुगा छन्।
साच्चिकै असभ्य मान्छे हूँ।रातमा एउटी आइमाइसँग प्रेम गर्छु ।दिनमा उसकी छोरीसँग प्रेम गर्छु।बर्षौँ कपाल नकाटी हिडिदिन्छु।कमिजको टाँक नलगाइ हिँडिदिन्छु।म हिडिदिन्छु रातको छातीमा टेकेर ।म हिडिदिन्छु पुरानो पैन्टको ओडारजस्तो खल्तीबाट हात राखेर कता कता कन्याएर।
कोठाको भित्तामा मभन्दा अघि बसेको ल्वाँठले एउटा लेखोट टाँसेको छ।त्यसमा लेखेको -संसार मिथ्या छ।
हुन सक्छ उसले आफैले लगभग घोषणा नै गरेको फुर्तिका साथ त्यो टाँसेको हो।हुन सक्छ अनन्त काल सम्म रहोस् भनेर टाँसेको हो त्यो लेखोट-संसार मिथ्या छ।

सडकमा हिडिरहँदा जुत्ता सिलाउनेले मेरो चप्पलवाला खुट्टा देखेर उपेक्षाको भावले हेरेको हो।म कता कता हिँडेँ थाहा छैन।साबर्जनिक शौचालय देखेपछि पिसाब लाग्छ मलाई।पिसाब फेर्छु।कसैले पुकार खाएर थुकेको ऐनामा आफूलाई हेर्छु।सोच्छु कसलाई मन परेन होला आफ्नो अनुहार?कसले थुक्यो होला त्यसरी?
खल्ती रित्तो ।पाँच रुपैया पनि छैन।सुटुक्क भाग्छु शौचालयबाट।धेरै पर पुगेर एउटा धारामा चुहिरहेको निशुल्क पानी पिउँछु।खाइसकेपछि एक अञ्जुली पानी थापेर हिड्छु।यति बेला पानी औँलाका खोच खोचबाट झरेर बिलाइसकेको छ।पहाडको एक टुक्रा रक्ताम्य पारिरहेको घामले क्षितिजको पल्लोपट्टी अंध्यारोसँग अंकमाल गरेर उतै गइरहेछ।अँध्यारो क्रमशः आइरहेछ ।म आँखा चिम्लन्छु।

Comments

Popular posts from this blog

-खुसी अन गरौँ

एकयात्रा : अन्त्य एक अादर्शको

दिदी ! धेरै माया छ तँलाई । फोन उठा है ...