मेरो देश सानो छ ।


एउटा आँखी झ्याल जस्तै
ख्याल ख्यालमै खरानी बनाउने झिल्का झैँ ,हजारौँ मौरी र आफू भन्दा कयौँ ठूला डाँगाहरूको बीचमा एउटा रानो छ ,
साच्चै मेरो देश सानो छ ।

सुनको पिँजडामा सुगा राख्ने क्षमता छैन ,आफ्नै  चुच्चोमा माटो बोकेर गौथलीले गुँड बनाउनु पर्छ ।

माया नगर्नुको अर्थ घृणा गर्नु भन्ने हुँदै होइन ,
काटिएनन् गुलाब दिने हात र बन्न सकेन ताजमहल

थाहा छैन ककस्ले भाग लिएर र जिते प्रतियोगिता
सकेन मेरो देसले एउटा बिश्वयुद्धको आयोजना गर्न ।

कोरिनन् भृकुटीले ट्विन टावरको नक्सा,लादेन जन्माइनन् सीताले। जाबो एउटा बम बनाउन सकेनन् बुद्धले ,

नाइलको उपेक्षाले गर्दा पहराबाट हाम फालेर आत्महत्या गर्छन् नदीहरू
र पनि तिमीले भन्न पाउदैनौँ बुद्ध नेपालमा जन्मिएनन् ।

संसार नियाल्ने आँखालाई संरक्षण गर्ने परेली ,स्वयम् आँखाबाट नै बिरानो छ ,
हो मेरो देश सानो छ ।

Comments

Popular posts from this blog

-खुसी अन गरौँ

एकयात्रा : अन्त्य एक अादर्शको

दिदी ! धेरै माया छ तँलाई । फोन उठा है ...