असर कहाँ कहाँ पुग्यो !!
एक कमजोर हुनुको असर कहाँ कहाँ पुग्यो।चस्मा अाँखाको हो तर खुट्टा कानमा पुग्यो ।
थोरै भयो भन्ने कुरा त मसँग केही पनि रहेन,
एकदम कम हुनेको सूचि पनि एक पन्ना पुग्यो।
बेलाबेला लाग्छ मेलामा जाने बस छुटेजस्तो
म मात्रै पुग्न सकिन तिम्रो दिलमा दुनियाँ पुग्यो।
ती सबै घर साँझपख अाफै भट्टीमा अाउँछन्,
बिहान सबेरै उठेर जुन घरमा दुधवाला पुग्यो।
हेरौं अब कति समय कलशमा समुद्र अडिन्छ,
तिम्रा छातीका कलशमा मेरो अाँखा पुग्यो।
© कृष्णप्रसाद अर्याल
म मात्रै पुग्न सकिन तिम्रो दिलमा दुनियाँ पुग्यो।
ती सबै घर साँझपख अाफै भट्टीमा अाउँछन्,
बिहान सबेरै उठेर जुन घरमा दुधवाला पुग्यो।
हेरौं अब कति समय कलशमा समुद्र अडिन्छ,
तिम्रा छातीका कलशमा मेरो अाँखा पुग्यो।
© कृष्णप्रसाद अर्याल
Comments
Post a Comment