Posts

Showing posts from September, 2017

मुक्तकहरु(?)

१> हो यी कुरा हर प्रहर बिचार गर्नु छ । बनाएर बालुवाको घर बिचार गर्नु छ । अरे!त्यो गुलाब त फेरि सिसा बनेछ, नपग्लेला त अब पत्थर? बिचार गर्नु छ । २> पोलेको छ छाती भतभत लेखेकी थियौँ । भएको छ हाँसो जफत लेखेकी थियौँ। खै!किन हो मुखले बिदाई भन्यौ, तर आँखामा त स्वागत लेखेकी थियौँ । ३> कहिले जिस्क्याएझैँ कहिले चिमोटे जस्तै लाग्छ । छातीमा करौतीले खिले चिमोटे जस्तै लाग्छ । मैले काँडा मन पराउनुको एउटै कारण छ , काँडाले घोचे पनि तिमीले चिमोटे जस्तै लाग्छ । ४> आफैलाई नोक्सान थियो आफ्नै सम्झेर । जस्तै कि पुतलीले दियो आफ्नै सम्झेर । आज बिर्सनू भन्ने आदेश आएको छ , जसलाई दिलमा राखियो आफ्नै सम्झेर । ५> नसोच दिलमा जाला सियो बनेर । चढ्दिन मनका उकाला सियो बनेर । घोचेको सम्झियौ अरु सबै बिर्सियौ , उनिदिएको थिएं माला सियो बनेर । -अर्याल कृष्ण

मेरो देश सानो छ ।

एउटा आँखी झ्याल जस्तै ख्याल ख्यालमै खरानी बनाउने झिल्का झैँ ,हजारौँ मौरी र आफू भन्दा कयौँ ठूला डाँगाहरूको बीचमा एउटा रानो छ , साच्चै मेरो देश सानो छ । सुनको पिँजडामा सुगा राख्ने क्षमता छैन ,आफ्नै  चुच्चोमा माटो बोकेर गौथलीले गुँड बनाउनु पर्छ । माया नगर्नुको अर्थ घृणा गर्नु भन्ने हुँदै होइन , काटिएनन् गुलाब दिने हात र बन्न सकेन ताजमहल थाहा छैन ककस्ले भाग लिएर र जिते प्रतियोगिता सकेन मेरो देसले एउटा बिश्वयुद्धको आयोजना गर्न । कोरिनन् भृकुटीले ट्विन टावरको नक्सा,लादेन जन्माइनन् सीताले। जाबो एउटा बम बनाउन सकेनन् बुद्धले , नाइलको उपेक्षाले गर्दा पहराबाट हाम फालेर आत्महत्या गर्छन् नदीहरू र पनि तिमीले भन्न पाउदैनौँ बुद्ध नेपालमा जन्मिएनन् । संसार नियाल्ने आँखालाई संरक्षण गर्ने परेली ,स्वयम् आँखाबाट नै बिरानो छ , हो मेरो देश सानो छ ।

अस्ति।

अबेर छतबाट कोठामा अाइसकेपछि जबर्जस्ती सुत्ने प्रयास गर्ने प्रक्रियाको पहिलो चरण पार गर्ने सिलसिलामा बिस्तारामा पल्टिएँ म।एकछिन घुमिरहेको पंखा हेराइको क्रममा अनुभव भयो कि - मलाई केही बिझाइरहेछ टाउकोमा।अनि सिरानी पल्टाएर सुतें।फेरि केही क्षणमा टाउको पछाडिपट्टिको भागमा केही अफ्ठेरो महसुस भो।सिरानी छामें।केही थिएन।फेरि सिरानीको भाग चेन्जिएर सुतें।एकछिनपछि उसै गरेर अफ्ठेरो महसुुस भो , केही बिझाएजस्तो भो।अब मेरो रिस निद्राबाट ब्युझिसकेको थियोे।म जुरुक्क उठें।सिरानी समातेर ढोका को कुनामा फ्याकें - जहाँ फोहोर फालिन्छ धेरैजसो। साथी ब्युझियो।म निदाएको बहाना गरें।म त्यत्तिकै सुतें र निदाएं पनि कुनै बेला। म मेरो रिसको खतरा फ्यान हुँ।खुब मन पर्छ मलाई मेरो रिस।भावी परिणामलाई छुट्टै राखेर हेर्ने हो भने संसारमा रिसाउनुमा जति मजा अरु कुनै कुरामा भेटिदैन।फेरि मेरो रिस द्वन्द्वात्मक भौतिकवादी हो।मेरो रिसमा तुरुन्तै द्वन्द्वात्मक भौतिकवाद हावी भैहाल...

- क्यान्डिल जलेर कम पग्लेर धेरै सकियो।

Image
एक क्यान्डिल कुरा भयो हाम्रो।जब क्यान्डिल पग्लिदै जल्दै गर्यो,म जल्दै पग्लिदैं गरें।रात झनझन पग्लिदै गयो मात्रै।अँध्यारो चुहिदै गयो।तप्प !तप्प!!अाँसुजस् तै। अन्त्यमा क्यान्डिल निभ्यो।हामी उठ्यौं। दिनेशले सोध्यो- दाइ,हाम्रो कति भयो ? - 175 मात्रै। हामी सरासर कोठामा अायौं।फेरि छतमा गयौं।मैले स्टाटस राखें- बाढी त संयोग र बहाना मात्रै हो।मान्छे त कसैको यादमा डुबिरहेका हुन्छन्। केही थान कमेन्ट अाए।कमेन्ट गुरुप्रसाद मैनालीका कथाका केन्द्रीय भावजस्ता थिए।एकदम अादर्शवादी।मलाई झन झोक चल्यो।अर्को स्टाटस राखें- अादर्शवाद गुरुप्रसाद मैनालीका कथामा मात्रै सुहाउछ,कमेन्टमा होइन। उनीहरूको अाशय थियो - देश दुखिरहेको छ।मेरो मनले भन्थ्यो- दुखोस्।देश भनेको म पनि हुँ तर म दुख्ने र अाँसु बगाउने पक्षमा छैन।देश दुख्यो भनेर अाँसु बगाइरहदा पानीको मात्रा थप बढ्छ है। जताततै सरकार निदाइरहेछ भन्ने अाशयका स्टाटस देखिन्थे।मलाई जाँच्न मन लाग्यो।ऊ अनलाइन थि।मलाई बहाना मिल्यो म्यासेज पठाउने। म्यासेज पठाएँ।लेखें- सरकार! तुरुन्त रिप्लाई अायो- हजुर! मैले फेरि पठाएँ- सबै झुट बोल्दा रहेछन्।सरकार निदा...