Posts

Showing posts from May, 2018

एकयात्रा : अन्त्य एक अादर्शको

Image
म नारायणगढमा जन्मिएँ,एकयात्रा बाँचें र कोहलपुरमा मेरो इहलिला समाप्त भयो। ****** …त्यसपछि म भन्छु – भाग्यमानीको भुतै कमारो। दिनेशले अझ तीब्र अावाज गरेर भन्छ- भाग्यमानीको भूत मात्रै हैन, भुतका तरुनी छोरी पनि कमारो हुन्छन्। हाँसोले बिकराल रुप ग्रहण गर्छ। साथमा ब्रह्मचारी गुरु लगायतका अादरणीय व्यक्ति भएकाले मुखबाट अकस्मात चिप्लिएको वाक्यलाई दिनेशले मिल्ने भए फिर्ता गरिसकेको हुन्थ्यो।तर त्यस्तो नहुने रहेछ। ब्रह्मचारी गुरुजीले नेपालीले बाँच्ने गरेको अौषत मृत्युदर बाँचिसक्नु भयो क्यारे ।मैले अाजसम्म दुखाइलो अनुहार देखेको छैन उहाँको। मान्छे बिना अर्धाङ्गिनी,बिना सन्तान पनि त खुसी हुँदा रहेछन् त। हुन त मान्छे कहाँ एक्लो हुन्छ र ? पञ्चमहाभुतले बनेको शरीर एक्लेभुतजस्तो कहिल्यै बन्दैन।

अनुभूति : संक्रान्ति अर्थात् क्रान्ति

यादको चोकमा गएर कहिल्यै देखा परेर त हेर त्यहाँ सन्नाटाले चर्को आवाजमा कोलाहल मच्चाउँछन्। एउटा संक्रान्ति जाँदैमा याद पुरानो हुँदैन। बरु प्रत्येक पटक संक्रान्तिले यादको बोटमा पानी हाल्छन्, मलजल गर्छन्। *** अबेरसम्म डुल्ने होइन नि फेरि! - हस् के। चाँडै जान्छु कोठामा। मुस्कुराउँदै अफलाइन भएथेँ म। पोहोरको मृत भित्तेपात्रोको छातीमा लेखिएको एउटा संक्रान्ति। १०:०६ बजे। कोलाहल रात। कुममा दुवैतिरबाट धक्का मारिरहेछ भीडले। अगाडि दिनेश। पछाडि म। भीडको एक-एक टुक्रा हामी। भीडमा को थिएन? के थिएन? पूरा देवघाट नशामा थियो। भर्खरै महेश काव्य यामिनीमा साहित्यपान गरेर लठ्ठिँदै निस्किएका हामी।

विभक्ती मेरो कोही होइन

...। एकचोक्टा जून अाकाशमा उक्लिएपछि सुस्केराको छेउछाउबाट के के सोच्न थालेछु मैले।मान्छे कसरी अपरिचित बन्न सक्छ? कसरी सक्छ भागेर हिंड्न? कसरी सक्छ लुकेर हिंड्न?भागेर हिंडेकाहरूलाई पाइतलाले धोका दिए हुन्थ्यो।हुन त म पनि भागिरहेछु।सत्यताबाट,दुखबाट,पीडाबाट। अाखिर भाग्नु पर्ने कारण के थियो ? भागिहिंड्दा हिंड्दै मलाई मैबाट भाग्ने बानी परिसकेछ।मैसंग लुक्ने बानी परिसकेछ।यदि कुनै समय कुनै गल्लीमा म अाफैसँग जम्का भेट भएँ भने के गरौँला? कसरी बनौंला अपरिचितजस्तो? कसरी बनौंला अोस्यानको श ीतजस्तो ? सत्य सत्य त्यो समयमा म केवल भयभीत हुनेछु। विभक्ती मेरो कोही होइन।र यो हो कि म सत्य बोलिरहेको छु।दिउँसोको घटना केवल घटनाजस्तै लागेको छ मलाई।सानो घटना।मलाई लाग्छ ऊ विभक्ती नै हो तर उसका अाँखाले अस्विकार गरिरहेका थिए।मुखले त ठाडै अस्विकार गरे।तर म हार्ने पक्षमा छैन।कोही मान्छे सजिलै हराउनु अन्याय हो।ऊ त्यसरी हराउन पाउने छैन।म फेरि कुनै समय भेट्टाउनेछु उसलाई।पाखुरामै समातेर भन्नेछु- हिंड्नुहोस्,चिया खान जाअौं।र उसको कुनै प्रतिकृया सुन्ने छैन म।जसरी पनि चियाको कपमुनि रहेको टेवलनजिकैको कुर्सीम...

असर कहाँ कहाँ पुग्यो !!

Image
एक कमजोर हुनुको असर कहाँ कहाँ पुग्यो। चस्मा अाँखाको हो तर खुट्टा कानमा पुग्यो । थोरै भयो भन्ने कुरा त मसँग केही पनि रहेन, एकदम कम हुनेको सूचि पनि एक पन्ना पुग्यो। बेलाबेला लाग्छ मेलामा जाने बस छुटेजस्तो म मात्रै पुग्न सकिन तिम्रो दिलमा दुनियाँ पुग्यो। ती सबै घर साँझपख अाफै भट्टीमा अाउँछन्, बिहान सबेरै उठेर जुन घरमा दुधवाला पुग्यो। हेरौं अब कति समय कलशमा समुद्र अडिन्छ, तिम्रा छातीका कलशमा मेरो अाँखा पुग्यो। © कृष्णप्रसाद अर्याल

उसले कुनैदिन लेखी- कता हराउनु भो ?

मैले मेरो केही समयदेखिको बाँच्दो जीवन बिरामीपथबाट धकेलिरहेछु।बिरामीपथ कस्तो अफ्ठेरो पथ हो भन्ने कुरा म उवाच नगरिराखूँ।यसै बिरामीपथको अफ्ठेरो बाटोमा - आफ्नो ख्याल राख्नु है-भन्दै एउटा स्वास्थ्यचौकी भेटिन्छ।म अझै भुतुक्क गल्छु।गर्मीले पग्लेर थोपाथोपामा बगिरहेको शरीरको चेकजाँच गरिमाग्छु डाक्टरसँग।47 के जीनिर अड्किन्छ काँटा।अनि म आफूले आफैलाई -केही त अझै बाँकी रहेछु-सोच्दै कोठामा फर्किन्छु। स्वास्थ्यचौकी त हैन ऊ तर मैले बिरामीपथमा उसलाई भेटेर राहत महसुस गर्छु।उसले जाँदाजाँदै म्या सेज छोड्छे- आफ्नो ख्याल राख्नु है। - केमा राखूँ ख्याल ? मसँग कुनै भाँडो छैन के। - हेर न बच्चा भैदिएको।ऊ सुन्दर अनुहार भरपुर खुम्च्याउछे।म फेरि भन्छु- साच्चै भन्नु न ख्याल केमा राखूँ ?आजसम्म राखेछैन के ।मलाई था छैन के। -हजुर त ...ऊ यत्ति मात्रै लेख्छे।

कस्तो अचम्म ! -- कृष्णप्रसाद अर्याल

जल्दी जल्दी बगिरहेको छल्दी खोलामाथि रहेको पुलको एक छेउमा यसैयसै नाङ्गो रुखजस्तो उभिन्छु म।अाफ्नो लयमा एकसुरसँग बगिरहेछ खोला।खोलासँग सोधिमाग्न मन लाग्छ मलाई - के तँलाई समुन्द्रले बोलाएको छ ? कस्तो अचम्म ! खोला रोकिन्छ र मलाई हेर्छ।अनि भन्छ - नाइँ ,बोलाएको त छैन। - अनि किन मरिहत्ते गरेर दगुरिरहेछस् त? - मरिहत्ते गर्नमा त तँ पनि माहिर छस् नि।मुसुक्क हाँस्छ र फेरि दगुर्छ खोला।म ट्वाँ परिरहन्छु। कुन्नि किन हो अचेल सबैले यसै भित्र कता चिमोटेर जान्छन् मलाई ।म हाँस्न सक्दिनँ।फेरि रुन पनि त सक्दिनँ म।खोला दगुरिरहन्छ।कुन्नि किन मिसिन पुग्छ समुन्द्रमा।ऊ मिसिन अाएकोमा समुन्द्रले कहिल्यै धन्यवाद! पनि त भनेन।मलाई त लाग्छ समुन्द्रमा मिसिनु भन्दा अाफ्नै सानो कुवा होस्।जिन्दगी चेपागाँडा र भ्यागुता पालेर सकियोस् बरु।बिष नभएका सर्प अंगालेर सकियोस् बरु।तर मिसिएर हराइजान नपरोस्,अाफूलाई गुमाइजान नपरोस् ।सँगै हुनु परोस् साथमा हुनु परोस् तर एक हुनु नपरोस्। बाँच्नु छ अाफ्नो जिन्दगी अाफूले,बाँच्ने तरिका भने अरुलाई मन पर्ने हुनु पर्ने।इस् यत्रो भनओ। कस्तो बाक्लो रिस उठेर अाउँछ बेलाबेला।मन क...