Posts

१० मुक्तक

Image
 १ धोका दिने क्रममा दानी को भएन? तारा रातको भयो बिहानीको भएन। बर्षौँदेखि तिमीलाई राम्री देखिरहने, बिग्रिएको मेरो आँखा निको भएन। २ जरा त तेरै होला,गमला छ मसँग। भ्रमरले पनि सम्बन्ध चला,छ मसँग । ए फूल ! पत्थर बन्न मन्जुर छैनस्  ? याद राख् देवता बन्ने कला छ मसँग । ३ बिन्ति  दैव! नगर भुल सेतो हुनेछ । जीबन रङ्ग्याइदिने कबुल सेतो हुनेछ । साथी मलाई सकुशल घर पुर्याइदेओ, नत्र घरमा एउटा फूल सेतो हुनेछ । ४ प्रकास छेकेर पनि मेट्न सम्भव थिएन । आफैँबाट टाढा लखेट्न सम्भव थिएन। हुन त तिमी मेरै छायाँ बनेकी थियौ, अफसोच! मैले नै भेट्न सम्भव थिएन । ५ सबै अपराध हत्या हिंसाको खाका बुद्धसँग हुन्छ । जस्तै चोरले उता ताल्चा खोल्छ चाबी मसँग हुन्छ । प्रेममा त के आफ्नै अस्तित्वमा पनि शङ्का छ , मैले मान्छे भनेर बोलाउछु ऊ उता झसङ्ग हुन्छ । ७ पोलेको छ छाती भतभत लेखेकी थियौ । भएको छ हाँसो जफत लेखेकी थियौ। खै! किन हो मुखले बिदाई भन्यौ, तर आँखामा त स्वागत लेखेकी थियौ । ७ कहिले जिस्क्याएझैँ कहिले चिमोटे जस्तै लाग्छ । छातीमा करौँतीले खिले चिमोटे जस्तै लाग्छ । मैले काँडा मन पराउनुको एउटै कारण छ , काँडाले घोचे ...

ईश्वर निदाइरहेछ

Image
 "आज पनि सिरानीको खोल धुन भ्याउनु भएन है मास्टर्नीले ? " कोठाबाट बाहिर निस्किए ईश्वर ।  घरको भित्तामा रहेको बिजुलीको स्वीच थिच्छन् । प्याट्ट! आवाज आउँछ । त्यही समयमा एक गुन्द्री जति उज्यालो करेसाबारीमा देखियो । शौचालयको ढोका खुल्ला रहेछ । ईश्वर भुनभुनाउँदै शौचालयतिर लागे ।शौचालयबाट क्वारर्र आवाज आयो। जुठेल्नोमा भाँडा मस्काइरहेकी आस्थाले ट्याङ्कीबाट धारो खोलिन् । शौचालयको आवाजलाई धाराको आवाजले जित्यो । आस्थाले चुपचाप भाँडा माझिरहिन् । खै! मास्टर्नी! यस्सो हात पखालौँ - ईश्वर शौचालयबाट फर्किएर हात पखाले । आस्था थोरै छेउमा सरिन् । सानो ग्यालेन काटेर भाँडा माझ्न खरानी राखिएको छ जुठेल्नो छेउमा । परालको चकटी जत्तिको फराकिलो सिमेन्टको भाँडा माझ्ने ठाउँ छ । चकटीको ठिक पूर्व एक हात जति अग्लो पेटी उठाएर त्यसमाथि पानी ट्याङ्की राखिएको छ । त्यही ट्याङ्कीबाट धारो आधा खोलेर आस्थाले भाँडा माझिरहेकी छन् । तारमा झुन्डिएको चिमको एक दानो उज्यालोमा यी दृश्य देखिएका छन्। खरानीपानी सानो कुलेसोबाट भातका सिताहरूलाई बगाउँदै करेसाबारीतिर गइरहेछ । कोठामा पस्नुअघि ढोका अगाडि राखिएको जुटको बोरामा ईश्वरले ...

गढदेखि घाटसम्म

Image
 मलाई अल्छी लाग्छ। अल्छी लाग्नु हामी अल्छीहरूका निमित्त ठूलो समस्याका रुपमा देखा परेको छ। अल्छीहरूलाई थप सहयोग होस् भन्ने धारणाले चतुर्श्लोकी रामायणजस्तो दुईवाक्य लेखाशय यहीँनिर छोड्दछु - "एउटा दिनको पछिल्लो उमेरमा म नारायणगढ बजार निस्कन्छु र नारायणी किनार पुग्छु,मेला घुम्छु दिनेशसँग र रात बाक्लो नभइसक्दै म फेरि देवघाट फर्किन्छु।" समयले खडा गरेको बूढो पालेजस्तो  निरन्तर आउने जानेलाई हेरिरहेको । एउटा बूढो बकुल्लाजस्तो नदीछेउमा उभिएको ।सुसाइरहेको नदीको चर्को अशान्तिपनलाई देखेर आफूले आजसम्म शान्त बनाउन नसकेकोमा खेद गरिरहेझैँ ,साँझको पहेँलो घामले पहेँलोपनलाई अझ गाढा बनाउँदा जन्डिसले खुब ग्रस्त छ कि झैँ,माध्यमिक योगाचार सौत्त्रान्तिक र वैभाषिक चारै जनालाई पढाउने समय भैसक्दा पनि नआएकाले यस्तै केही सोचेर बसिरहेजस्ता,हरेक क्यामेराले आँखा झिम्क्याउँदा पनि वास्ता नगरेजस्तो,नयाँ पोज दिन कहिल्यै नजान्ने मान्छेजस्तो सधैँ एउटै पोजमा फोटा खिचाइरहेको,राम्रा राम्रा जोडा देख्दा आफ्नो एक्लोपनलाई उपेक्षा गरिरहेको,रानी पोखरीमा बल्छी थापेर उभिएको घन्टाघरजस्तो झोक्राएको तर समयलाई बेवास्ता गरिरहेको ...

छाेरी !

Image
मान्छेहरू छोरीको कुरै सुन्दैनन् । आमाको कुरा भने ढुङ्गामुढाले पनि सुन्छन्, गोमा ब्राह्मणीको कुरा जाँतो, चर्खाले सुनेजस्तो । ढुङ्गा मुढाले मात्रै सुन्छन् भन्दा पनि हुन्छ हुन त । म भने छोरीको कुरा गर्दैछु । हाम्री मामाघरकी हजुरआमाकी छोरी । अर्थात् माताश्री । अंश बाँडफाँड भएपछि एउटा गोरु पनि हाम्रो अंशमा पर्यो । आमैले रोपाइँको तयारी गर्नु भो । हली बाउसे मेलामा आइपुगे । मेलो सुरु हुने बेलामा बाबाले आफ्नो अंशको गोरु फुकाएर चराउन जंगल जानू भो । एउटा गोरुले जोत्न नमिल्ने । रोपाइँ रोकिने भयो । हजुरबाले टुलुटुलु हेरिरहनु भो । हली बाउसेले बोल्ने ठाउँ थिएन । गोठमा अर्को बूढो गोरु थियो बाली पुगेको । बूढो हुनाले चराउन लगिँदैनथ्यो त्यो गोरु । हजुरबाले भन्नू भो - "हल अड्काउन भएन । जा, गोठको गोरु लिएर आ । आजको पाप सबै म भोग्छु । पाप त अघिल्लो जन्ममा पनि गरेको रहेछु । त्यसैले यस्तो छोरो जन्माइदिए भगवानले ।" जिम्माल बाले साँझ बुबालाई धेरै गाली गरे । थुक्क ! भनेको म अझै पनि सम्झिन्छु । खाटमा बसेका बुढा हजुरबाले बर्रर आँसु खसाल्नु भो । पछि बुढा हजुरबाले आमालाई भन्नू भो - "पुण्य गरेकी रहिछस्...

दिदी ! धेरै माया छ तँलाई । फोन उठा है ...

Image
अाकाशबाट कस्तो धमिलो पानी पर्यो।मलाई विश्वास लागेन।एक अञ्जुली पानी हातमा थापें।साच्चिकै धमिलो रहेछ।क्रमशः अौंलाका फेंदबाट पानी चुहिएर सकियो।हातमा धुलोका ससाना कण मात्रै बाँकी रहे। केही समय पहिले- अाँखाबाट भनें सफा पानी पर्यो।मलाई विश्वास पनि लाग्यो।मैले अञ्जुलीमा थापेर त्यही अाँसुमा अाफ्नो अनुहार हेर्ने कुनै प्रयास गरिनँ।अाँसु बग्दै गयो।साथमा विश्वासहरूलाई बगाएर लग्यो।अपेक्षाहरूलाई बगाएर लग्यो।अन्त्यमा हत्केलामा धुलोको कण बाँकी रहेजस्तै हृदयमा पीडा बाँकी रह्यो,सम्बन्धमा मनमुट ाव बाँकी रह्यो।र यी अाज पनि छन् बाँकी। अाज पनि चलिरहन्छ मनमुटाव। मैले साथीलाई भनेथें- "कस्तो धमिलो पानी परिरहेछ यता त।" उसले भन्यो - "धमिलो मन भएका मान्छे बस्ने ठाउँ भएर होला।" मैले उसको अनुहार हेर्न पाइन,उसको अनुहार पढ्न पाइन।नत्र म उसले बोलेको वाक्यको अर्थ बुझ्थें।किन कि ऊ र म फोनमा बोलिरहेका थियौं।केवल एकपटक सोचें मैले- के मेरो मन साच्चिकै धमिलो छ त? मलाई दुई पटक सोच्न अल्छी लाग्यो।अल्छी हुनुको फाइदा हो यो।म जाँगरिलो हुन्थें भनें त्यही कुरालाई बारबार सोचेर म अाफूलाई बिरा...

हाय ! रे मेरा आँखा

Image
मेरा औँलाका काप भरिभरि,पाइतलाका रेखा भरिभरि फुर्सतहरू उम्रिरहेछन्।म पूर्ण बेरोजगार छु। एकहातका पाँच औँला चारपटक भाँचिसकेपछि मेरो उमेरको गिन्ती सकिन्छ तर आफूलाई बुढो भएजस्तो लाग्छ।धनीको छोरो भए आमैले नाती खेलाइसक्थिन् ।फेरि गरिबलाई पनि त बे नगर् कसले भनेको छ र ।स्वास्नी ल्याउनु त आँटको कुरा हो।कमसेकम यो उमेरमा एउटी प्रेमिकासम्म चैँ हुनु पर्ने।धत् एउटी मायालु चैँ हुनुपर्छ ,रुन हाँस्नलाई ,भावुक हुनलाई।काँध अड्काउनलाई,हात समाउनलाई,कपालका रौँ सुम्सुम्यादिनलाई अनि पो औँलाका कापकापम ा उम्रिएका फुर्सदले पुग्दैन। हुन त तनाबको अर्को खात रिन खोजेर किन किनौँ जस्तो लाग्छ।लाग्छ रुनका लागि चैँ एउटी प्रेमिका बनाऊँ।तर त्यो मबाट भैसक्यो।रात बित्छ ,दिन बित्छ ।चिम बल्छन् निभ्छन्।समय चिमको बलाइ र निभाइको क्रममा बुढो हुन्छ। ए बाबु! यो तीखो आवाजसँगै मेरो सोचाइको क्रम टुक्रिन्छ।कस्तो तेलदार आवाज।बाटोको छेउनिर बसिरहेको मान्छे म उठ्छु।हातमा ससाना ढुङ्गा छन्।खै किन टिपेँ,कति बेला टिपेँ थाहा छैन।अघिको आवाज एउटा बुढा ब्यक्तिको रहेछ।सोध्छन्-यो बाटो कहाँ जान्छ ?यो कस्तो प्रश्न।म अल्मलिन्छु।अनि सो...

चुटु चिन्तन [निबन्ध]

Image
…त्यसपछि बूढी औंलाले फेसबुकको पन्ना पल्टाइमाग्छु म । केही तस्बिरहरू छोटो समय देखिँदै लोप हुँदै जान्छन् । एड फ्रेन्ड भन्दै एउटा प्रोफाइल देखिन्छ । म हेर्छु । कतै देखेको मान्छेजस्तो लाग्छ, हेरिरहन्छु । सायद हेरिरहन्छु र देखेको मान्छेजस्तो लाग्छ । क्रमशः धमिलोबाट तिख्खर हुँदै जान्छन् आँखामा केही घटनाहरू र दगुर्छन् । अनायासै म बोलेछु– ‘ऐच् ! बे गरिसकिछ लौ !’ यसो यताउता फर्केर हेर्छु कोठामा कोही छ कि भनेर । एक्लै रहेछु । ढुक्क हुन्छु आफ्नो आवाज कसैले नसुनेकोमा । फेरि आश्चर्यमा पर्छु आफ्नै आवाज सम्झेर, फोटोको निधारमाथि लामो रातो टीका देखेर । फेरि मलाई धेरै समय आश्चर्यमा परिरहन अल्छी लाग्छ । हो म कोठामा एक्लै रहेछु । मान्छे एक्लै भएपछि क्रमशः साहसिक हुँदै जाँदो रहेछ । म कतिसम्म एक्लो छु भने म चुक्कुल नलगाईकन ट्वाइलेट बस्न सक्छु । कोही आउँदैनन् भन्नेमा यतिसम्म विश्वास छ मलाई । साहसिकको दृष्टान्त अलिक खल्लो भो है ! भए होस्, मलाई के । निधारमाथिको रातो धर्को लामो ताजा घाउजस्तो लाग्छ मलाई । कुन्नि किन उसको नाममा स्पर्श गर्छु म । प्रोफाइल खुल्छ । कभर फोटोमा एक जोडा मान्छे छन् ।...