दिदी ! धेरै माया छ तँलाई । फोन उठा है ...
अाकाशबाट कस्तो धमिलो पानी पर्यो।मलाई विश्वास लागेन।एक अञ्जुली पानी हातमा थापें।साच्चिकै धमिलो रहेछ।क्रमशः अौंलाका फेंदबाट पानी चुहिएर सकियो।हातमा धुलोका ससाना कण मात्रै बाँकी रहे। केही समय पहिले- अाँखाबाट भनें सफा पानी पर्यो।मलाई विश्वास पनि लाग्यो।मैले अञ्जुलीमा थापेर त्यही अाँसुमा अाफ्नो अनुहार हेर्ने कुनै प्रयास गरिनँ।अाँसु बग्दै गयो।साथमा विश्वासहरूलाई बगाएर लग्यो।अपेक्षाहरूलाई बगाएर लग्यो।अन्त्यमा हत्केलामा धुलोको कण बाँकी रहेजस्तै हृदयमा पीडा बाँकी रह्यो,सम्बन्धमा मनमुट ाव बाँकी रह्यो।र यी अाज पनि छन् बाँकी। अाज पनि चलिरहन्छ मनमुटाव। मैले साथीलाई भनेथें- "कस्तो धमिलो पानी परिरहेछ यता त।" उसले भन्यो - "धमिलो मन भएका मान्छे बस्ने ठाउँ भएर होला।" मैले उसको अनुहार हेर्न पाइन,उसको अनुहार पढ्न पाइन।नत्र म उसले बोलेको वाक्यको अर्थ बुझ्थें।किन कि ऊ र म फोनमा बोलिरहेका थियौं।केवल एकपटक सोचें मैले- के मेरो मन साच्चिकै धमिलो छ त? मलाई दुई पटक सोच्न अल्छी लाग्यो।अल्छी हुनुको फाइदा हो यो।म जाँगरिलो हुन्थें भनें त्यही कुरालाई बारबार सोचेर म अाफूलाई बिरा...